२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘वरिष्ठ बलराम’ को छायांकन सकियो

‘वरिष्ठ बलराम’ को छायांकन सकियो

काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो ।

“हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।”

 

सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए । चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

 

‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो ।

 

आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डिओपी मानकृष्ण महर्जनको छ ।

 

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

 

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij