२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष- तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा

गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष- तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठकले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा रहेको निष्कर्ष निकालेको छ।

प्रमुख नेताबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा राजा नै भएको निष्कर्ष निकाले हो।

गृहमन्त्री रमेश लेखकका अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको र यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा भएमा सबैदलको एकमत रहेको प्रस्ट पारे।

उनले बैठकमा सञ्चारमाध्यम, व्यापारव्यवसाय, राजनीतिक संस्थाको कार्यालयमा भएको आक्रमणबारे छलफल भएको बताएका छन्।

‘हालको शासन व्यवस्था निकै लामो संघर्षबाट प्राप्त भएको हो। त्यसैले नेपालको संविधान र संविधानकै मार्फत देश विकास तथा जनताको सुरक्षामा एकजुट हुनेमा राजनीतिक दल प्रतिवद्ध छौं,’ बैठकपछि उनले भने।

उनले संविधानविरोधी कुनै पनि कार्य सह्य नुहने चेतावनीसमेत दिएका छन्। ‘गणतन्त्र र संविधानका विरोधमा गरिने कुनै गतिविधि सैह्य हुने छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij