एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
आइतबार राती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने फेरान टोरेजले एक गोल गरेका थिए । त्यस्तै एक गोल लाडिसलभ क्रेजले आत्मघाती गोल गरेका थिए । त्यस्तै जिरोनाले अर्नाउट डानजुमाले एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको २९ खेलमा ६६ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रियल म्याड्रिडको २९ खेलमा ६३ अंक रहेको छ । त्यसैगरी जिरोनाको २९ खेलमा ३४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij