काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काटेको जरिवानाको पत्र अझै निर्मलनिवास पुगेको छैन । शनिबार सार्वजनिक बिदा भएको कारण पत्र निर्मलनिवास नलगिएको जनाईएको छ ।
महानगरले आज कार्यालय खुल्नेबित्तिकै निर्मल निवासमै लगेर बुझाउने भएको छ । विभिन्न ८ वटा पत्र काटेर महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।
महानगरले कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, दमकल तोडफोड गरेकोमा १ लाख ३० हजार र नकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेकोमा ६३ हजार जरिवानाको पत्र काटेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij