२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

नेवार अगुवाहरुको वक्तव्य – नेवा: समुदाय राजतन्त्रको पक्षमा छैन

नेवार अगुवाहरुको वक्तव्य – नेवा: समुदाय राजतन्त्रको पक्षमा छैन

काठमाडौं । नेवार नेताहरुले नेवा: समुदाय राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सामूहित वक्तव्यमार्फत् उनीहरुले आफुहरु राजतन्त्रको पक्षमा नभएको प्रष्टीकरण दिएका हुन् ।

वक्तव्यमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा निकालिएको सामूहिक वक्तव्यमा राजतन्त्रात्मक निरंकूश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको उल्लेख छ ।

असन्तुष्टिमाथि खेलेर केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र हिन्दू राष्ट्र पुन:स्थापनाको मागसहित प्रतिगामी शक्ति चलमलाउन थालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij