सामना देवकोटा, अस्टिन टेक्सासमा गायक सुजन चापागाईले विशेष साङ्गीतिक प्रस्तुति दिने भएका छन् । नेप्रिकन इन्टरटेन्टमेन्टले आयोजना गर्न लागेको उक्त सांगीतिक साँझ ‘लाइभ इन अस्टिन’ आउँदो मार्च २९ तारिखका दिन साँझ ६:४५ बजेदेखि बिहान २ बजेसम्म भेन्यु एल पालासियो (El Palacio Event Center, 9414 Parkfield Dr, Austin, TX 78758) इभेन्ट सेन्टर अस्टिनमा आयोजना हुने भएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त गरेका लोकप्रिय गायक चापागाई युवापुस्ताले धेरै रुचाइएका गायक तथा सर्जक मध्य एक हुन । आधा दर्जन भन्दा बढी हिट गित गाइसकेका चापागाईले पछिल्नो पटक गाएको उनको स्वीटर चलचित्रको ‘मखमली’ बोलको गीत युट्युबमा डेढ महिनामै करिब ७२ लाख पटक हेरिएको छ । त्यस्तै सुजनका ‘गाला पुक्क’ ‘लजाएर’ ‘घुमी घुमी’ ‘फूलथुङ्गे रानी’ लगायत धेरै गितहरुले लाखौँ स्रोताको मन जितेका छन् ।
अमेरिकाका विभिन्न शहरमा जस्तै, अस्टिन र अस्टिन आसपासका शहरमा बसोबास गर्ने, नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिन, गायक चापागाई पहिलो पटक अस्टिन आउन लागेको, कार्यक्रमका आयोजक द्वय समय उप्रेती र खुश्बु उप्रेतीले समाज प्रेसलाई जानकारी दिनुभयो ।
उक्त साँगितिक साँझको अनलाइन टिकट https://nepricanent.com लिंकमा गएर प्राप्त गर्न सकिने छ भने फिजिकल टिकट फ्लुगरभिल स्थित नेपाली ग्रोसरी स्टोर ‘शुद्ध मार्ट र साईलिको बुटिक’ मा प्राप्त गर्न सकिने छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij