२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

सरकारको असक्षमताले व्यवस्थामाथि प्रश्न उठ्यो : रास्वपा

सरकारको असक्षमताले व्यवस्थामाथि प्रश्न उठ्यो : रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ।

पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले सरकारको असक्षमताका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको र त्यसको सत्ता साझेदार दलले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो।

विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उदेश्य अनुरुप कुनै पनि नजिता नदेखिएको अवस्थामा संसद अघि हतास मनस्थितिमा काम देखाउन सरकारले अध्यादेश ल्याएको रास्वपाको ठहर छ।

बैठकले अध्यादेशका अन्र्तवस्तुगत सारमाथि रास्वपा सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। बैठकले केन्द्रीय सचिवालय सदस्यको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वांगीण सम्वाद गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाइ सम्बन्धीत प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधहरुलाई रास्वपामा आवद्ध गर्न गराउन सुझाव सहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij