२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीलाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ । त्यस्तै, गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।

काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij