युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणमा पूर्वी युक्रेनमा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएका छन्।
गाउँको एउटा क्याफेमा रुसी इस्कन्डर मिसाइलले आक्रमण गरेको बताइएको छ। ह्रोजा गाउँबाट आएका तस्बिरहरू हृदयविदारक छन्।
खार्किभ क्षेत्रका प्रमुख ओलेह सिन्येहुबोभले मृतकहरू सबै ह्रोजा गाउँका रहेको बताए। युक्रेनका आन्तरिक मन्त्री लिहोर क्लिमेन्कोले युक्रेनी टिभी च्यानललाई बताएअनुसार गाँउमा हमला हुँदा क्याफेमा ३०० जना मानिस अन्तिम संस्कारमा उपस्थित थिए।
संयुक्त राष्ट्र संघले ह्रोजामा भएको आक्रमणलाई भयानक भनेको छ। युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक डेनिस ब्राउनले विज्ञप्ति जारी गरी नागरिक वा नागरिकलक्षित आक्रमणलाई युद्ध अपराध मान्ने बताए।
युक्रेनी सरकारले यो गाउँमा कुनै सैन्य लक्ष्य नभएको दाबी गरेको छ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij