२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सिक्किम बाढी अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ सेनासहित ९८ जना अझै भेटिएनन्

सिक्किम बाढी अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ सेनासहित ९८ जना अझै भेटिएनन्

सिक्किमको टिस्टा नदीको बाढीमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। बाढीले पुल एक्कासि भत्किँदा धेरै मानिस बगे। सेना र एनडीआरएफ टोली बेपत्ता व्यक्तिहरूको खोजीमा व्यस्त छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका २२ जवानसहित ९८ जना अझै बेपत्ता छन्।
ज्यान गुमाउने १८ जनामध्ये चारजना सेनाका ‘सिपाही’ हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरूले बाढीले सडक क्षतिग्रस्त भएको र १४ वटा पुल बगाएको बताएका छन्।

बाढीपीडितको उद्धारका लागि उद्धारकर्मी खटिरहेका छन्। सञ्चार प्रणाली अवरुद्ध भएको छ। जनताका लागि २५ वटा राहत शिविर स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij