२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित निश्चित

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित निश्चित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा अग्रता लिएको मत बढी भएसँगै उनको जित निश्चित भएको हो ।

मधेश प्रदेशबाहेक अन्य स्थानको मत गणना हुँदा अध्यक्षमा शर्माले प्रतिस्पर्धी रमेश विष्टलाई १ हजारभन्दा बढी मतले पछि पारेकी छन् । मधेशमा जम्मा ७७२ मत खसेकाले शर्माको जित निश्चित भएको हो ।

त्यस्तै, महासंघका पदाधिकारीमा पनि शर्माकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रेस चौतारीकी शर्मालाई प्रेस युनियनले समर्थन गरेको थियो । उता प्रेस युनियनका विद्रोही रमेश विष्टलाई प्रेस सेन्टरले साथ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij