२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

रवि लामिछाने काठमाडौँ र सिमरा हुँदै वीरगञ्जमा

रवि लामिछाने काठमाडौँ र सिमरा हुँदै वीरगञ्जमा

वीरगञ्ज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज पुर्याइएको छ।

पर्सा जिल्लामा पर्ने सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान तथा बयानका लागि रविलाई वीरगञ्ज लगिएको हो।

सोमबार उनलाई पोखराबाट काठमाडौँ हुँदै सिमराबाट सडक मार्ग प्रयोग गर्दै पर्सा प्रहरी कार्यालय पुर्‍याइएको हो।

अब मंगलबार उनको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा गर्ने तयारी छ।

उनलाई पर्सा लैजाने क्रममा सिमरामा देखिनै रविका समर्थकले बाटैभर नाराबाजी गर्दै जुलुस निकालेका थिए।

रविलाई पुर्‍याउनु अगावै सिमरा विमानस्थलमा समर्थकको भीड लागेको थियो।

विमानस्थलको गेटबाहिर समर्थकको प्रदर्शनका कारण रविलाई निकाल्न प्रहरीलाई सकस परेकाे थियाे।

त्यहाँदेखि वीरगञ्जसम्म नै रविका पक्षमा नाराबाजी भएको थियो। रविका समर्थकको नाराबाजीले प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे परेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij