२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

गठबन्धन सरकारले राम्रो काम गरिरहेको छः देउवा

गठबन्धन सरकारले राम्रो काम गरिरहेको छः देउवा

मोरङ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताएका छन्।

शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने समेत बताए। उनले नेपालले कुनै पनि मुलुकसंग ऋण लिन नहुने जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा धन्यवाद समेत दिए।

सभापति देउवाले वडा वडामा पार्टीको संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरुलाई केन्द्रीय समितिमा लगेर छलफल गराइने जानकारी दिए।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया शुरु भईसकेकोले भ्रम छर्ने कार्य नगर्न आग्रह गरे। सरकारले विधिको शासन कायम गर्न लाग्नुपर्ने बताउँदै अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनै पर्ने उनले बताए। थापाले बिआरआईको सम्झौताबारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसदमा लगेर छलफल गराउनुपर्ने प्रष्ट पारे।

नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा सहभागि केन्द्रिय नेताहरुले पार्टीलाई एक जुट र एकतावद्ध बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने जिकिर गरेका थिए। अहिले पनि पार्टीर्भित्र गुट उपगुटको झगडा रहेकाले पार्टीनेतृत्वले पार्टीलार्ई एकताबद्ध बनाउन योजना ल्याउनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij