२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

काठमाडौँ- सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ।

राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ।

यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ।

त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेका तर बाबुको पहिचान हुन नसकेका व्यक्तिले पनि वंशजका आधारमा नागरिकता पाउनेछन्।

यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले पनि नेपाली नागरिकता लिने बेला निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij