२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

१७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

१७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३ वर्षीय यमजित राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरमा लुकाई छिपाई राखिएको ५६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक यमजितलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij