२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोलमा चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय वीरेन्द्र चौलागाइँको मृत्यु भएको जानकारी दिए ।चौलागाइँ विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए ।

घटनाको विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij