२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

६२ अंकले बढ्यो नेप्से, ९ अर्ब ७७ करोडको कारोबार

६२ अंकले बढ्यो नेप्से, ९ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा ६२.५४ अंकले बढेको छ भने झन्डै १० अर्बको कारोबार भएको छ।

आइतबार परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ। कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको नेप्सेको विवरणमा उल्लेख छ।

२२८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा पनि १३ कम्पनीको मूल्य घटेको छ। ३ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो।

सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भने सबैभन्दा धेरै भएको छ । यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

आइतबार जलविद्युत् कम्पनीप्रति लगानीकर्ता होमिएका छन्। यस उपसमूहको सूचक ४.२६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij