२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

सहकारी ठगीका आरोपी रवि लामिछाने अझै १३ दिन थुनिने

सहकारी ठगीका आरोपी रवि लामिछाने अझै १३ दिन थुनिने

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई थप १३ हिरासतमा नै राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
सहकारी ठगी र संगठित अपराधको कसुरको आरोपमा अनुसन्धानका लागि लामिछाने २ कात्तिकमा पक्राउ परेका थिए। त्यसयता प्रहरीले अदालतको अनुमति लिँदै थुनामा राखिरहेको छ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij