२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बुधबार बिदा हुन लागेकी राणा एआईजीमा बढुवा, राति नै लगाइयो फूली

बुधबार बिदा हुन लागेकी राणा एआईजीमा बढुवा, राति नै लगाइयो फूली

काठमाडौं । प्रहरी नायव महानिरीक्षक(डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा पदोन्नति भएका किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मंगलबार साँझ बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयलगत्तै मंगलबार राति प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राणा प्रहरी सेवाबाट बुधबार अवकास हुँदैछिन् । बिहीबार उमेर हदका कारण अवकास हुने राणालाई कात्तिक ४ गते बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij