२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बुटवलबाट २९ तोला सुनसहित दुईजना पक्राउ

बुटवलबाट २९ तोला सुनसहित दुईजना पक्राउ

बुटवल । प्रहरीले साढे २९ तोला सुनसहित रुपन्देहीको बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु.२ ख.६५४२ नम्बरको बसमा खानतलासी गर्दा ४९ लाख ५४ हजार मूल्य बराबरको २९ तोला ५८ लाल सुनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

राजश्व छली गरी अवैध रुपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ का अकबर अलि मिया र अर्घाखाँचीका सन्तोष सुनार सुनसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अघिकारी लक्ष्मी खनालले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij