२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्रीको भारत भ्रमण : यस्तो छ आज तेस्रो दिनको कार्यतालिका

प्रधानमन्त्रीको भारत भ्रमण : यस्तो छ आज तेस्रो दिनको कार्यतालिका

काठमाडौं- चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम छ । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।

आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।

केही परियोजनाको उद्घाटनसमेत गरेका थिए । प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए ।

हिजै नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गरेका थिए ।

भ्रमणको पहिलो दिन बुधबार प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका थिए । नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए ।

भ्रमणको चौथो दिन भोलि ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij