२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवाद मुद्दामा अल्पकालीन अन्तरिम आदेश

मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवाद मुद्दामा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दानमा नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा विवाद मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलमासमेत बोलाएको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट गत बुधबार सर्वोच्चले दर्ता गरेको थियो । बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए ।

उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका थिए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर–२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij