२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एमाले बागमती प्रदेश अधिवेशन: आज मतदान हुँदै, अध्यक्षका लागि ५ जना उम्मेदवार

एमाले बागमती प्रदेश अधिवेशन: आज मतदान हुँदै, अध्यक्षका लागि ५ जना उम्मेदवार

काठमाडौं– काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदै छ। मतदान विद्युतीय मेसिनबाट हुने व्यवस्था गरिएको छ।

मतदानका लागि ४० वटा मेसिन तयार पारिएका छन्। मतदान अधिवेशनको बन्दसत्र चलेको प्रज्ञा प्रतिष्ठानमा नै हुने जनाइएको छ।

मतदान भने दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ। यसअघि बिहीबार बिहान ८ बजेदेखि नै मतदान हुने भनिएकोमा सम्पूर्ण तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय सारिएको हो।

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, निवर्तमान अध्यक्ष केशव पाण्डेले पनि आगामी कार्यकालको अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

सुरुमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएकोमा बुधबार अन्तिम समयमा पाण्डेले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

यस्तै, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij