२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

भ्रष्टाचारमा जोडिएका सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको माओवादीको आरोप

भ्रष्टाचारमा जोडिएका सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको माओवादीको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी उपाध्यक्ष अग्नि सापकोटाले विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको आरोप लगाएका हुन् ।

उनले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेल लगायतकाहरूलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको आरोप लगाए ।

उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले देशको कानूनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । अहिलेको सरकार त विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र आफ्नै नेताहरू जोगाउने काम गरिहरेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतहरूलाई संरक्षण गरेर खुला रूपमा राखेको छ ।’

उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठीक विपरीत दिशामा गइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij