२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

सत्तारुढ दलको बैठक बस्दै

सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । आज बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको एकसय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन् । सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij