२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन्। १३ औं इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा नयाँदिल्ली जान लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

शर्मा बिहान साढे १० बजे नयाँदिल्ली प्रस्थान गर्ने भण्डारीको भनाइ छ। १३ औं इन्डो–प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने छ।

नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत देशहरू सम्मेलनमा सहभागी हुने छन्।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी बसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापामगर सहभागी हुनेछन्।

प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij