२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रास्वपाको संसदीय दलको बैठक बस्दै, सभापति लामिछाने भने भारतमा

रास्वपाको संसदीय दलको बैठक बस्दै, सभापति लामिछाने भने भारतमा

काठमाडौँ– राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ।

रास्वपा स्रोतका अनुसार बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो। बैठक संसदीय दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बैठक बस्न लागेको हो। किनकि पार्टी सभापतिसमेत रहेका दलका नेता रवि लामिछाने बुधबार पत्नीसहित भारत गएका छन्। व्यक्तिगत कामका लागि भन्दै लामिछाने मुम्बईमा भएकै बेला दलको बैठक बस्न लागेको हो।

नागरिकता विधेयक र सांसद विकास कोषका विषयमा रास्वपाभित्र एकमत छैन। नागरिकता विधेयकका विषयमा सभापति लामिछाने र सांसद मनीष झाको फरक धारणा सार्वजनिक भइसकेको छ।

यस्तै सांसद विकास कोषबारे पनि रास्वपाभित्र फरक–फरक धारणा छन्। रास्वपा सांसद सुमना श्रेष्ठले यसको विरोध गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij