२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रकाश दुतराज र मेलिना राईको ‘रेशम’

प्रकाश दुतराज र मेलिना राईको ‘रेशम’

काठमाडौं । गायक प्रकाश दुतराजले नयाँ गीत ‘रेशम’ सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गीतमा प्रकाश र गायिका मेलिना राईको युगल स्वर छ ।

गीतको शब्द र संगीत प्रकाशकै हो भने संगीत संयोजन बिबी अनुरागीले गरेका छन् । यसको भिडियोमा एक गोठालोको प्रेम कथालाई देखाइएको छ । भिडियोमा प्रकाशसँगै विमला लिम्बुको अभिनय छ ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । भिडियो धादिङको रूबी भ्यालीमा छायाँकन गरिएको हो । अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij