२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्न हमासलाई पूर्वपरराष्ट्रमन्त्री साउदको आग्रह

बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्न हमासलाई पूर्वपरराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन्।

गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुईसय जनाले इजरायलमा ज्यान गुमाएका थिए।

आतंकवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मृतिमा काठमाडौंस्थित इजरायली राजदूतावासले सोमबार आयोजना गरेको स्मृतिसभामा उनले आतंकवादका जुनसुकै रुप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्छ भने। उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड समेत दिए।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरूको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधै सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘तपाईंका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरु इजरायली परिवारका सदस्य हुनुभयो। हामी तपाईँहरुलाई निरन्तर सहयाग गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij