२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउँछौँः कोइराला

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउँछौँः कोइराला

काठमाडौंँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

उनले भने,‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दशैँ तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुःखमा पनि पुग्नुस् ।’

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने बताए ।

उनले भने, ‘१५ औं महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij