२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

१४ जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

१४ जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो तथा डुबान प्रभावित १४ वटा जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यका सहितका १४ जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको हो । समितिले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, सङखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरेको छ ।

प्राधिकरणका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij