२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

न्याय प्रशासनलाई प्रभावकारी बनाउन सचेत छुः प्रस्तावित प्रधानन्यायाधीश राउत

न्याय प्रशासनलाई प्रभावकारी बनाउन सचेत छुः प्रस्तावित प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको जिम्मेवारीप्रति आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताएका छन् ।

बुधबार संसदीय सुनुवाइका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताएका हुन् ।

उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताए ।

उनले भने, ‘नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेकोप्रति म स्पष्ट र प्रतिबद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील छु ।’

उनले अदालतमा विचौलियाले अवाञ्छित गतिविधि गर्ने गरेको र त्यसलाई नियन्त्रण गर्न कानुनको खाँचो रहेको बताए ।

उनले भने, ‘अदालतमा बिचौलियाहरूको अवाञ्छित गतिबिधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सोसम्बन्धी छुट्टै कानुन निर्माण गर्न पहल गर्नेछु ।’

उनले सर्वोच्च अदालतमा भएका अध्ययन प्रतिवेदनले दिएका सुझावको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । अदालतमा मुद्दाको सुनुवाइको प्रत्यक्ष प्रसारणका सम्भावनाको अध्ययन गरी कार्यान्वयनमा लैजाने पनि प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij