२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

विपदमा परी ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

विपदमा परी ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपदका कारण मृत्यु हुनेको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मृतकको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ भने २९ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij