२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नेपालको समृद्धिका लागि सहकार्य गर्ने चिनियाँ विदेशमन्त्री वाङको आश्वासन

नेपालको समृद्धिका लागि सहकार्य गर्ने चिनियाँ विदेशमन्त्री वाङको आश्वासन

 

न्युयोर्क (अमेरिका) ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बिहीबार शिष्टाचार भेट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरे ।

विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिँदैछन्  ।

नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।

चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताए ।

न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिसँग भेटवार्ता गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आजै साँझ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij