२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

रविजीले ‘क्लिन चिट’ पाएँ भनेर भ्रम फैलाउनुभयोः महासचिव पोखरेल

रविजीले ‘क्लिन चिट’ पाएँ भनेर भ्रम फैलाउनुभयोः महासचिव पोखरेल

सुदूरपश्चिम । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको भन्दै भ्रम फैलाएको बताएका छन् ।

बुधबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कानुनी प्रक्रियामा गएर अदालतबाट सफाइ पाएपछि मात्र ‘क्लिन चिट’ पाइने बताए ।

उनले संसदीय छानबिन विशेष समितिले कानुनअनुसार कारबाही गर्नु भनेको भन्दै त्यसलाई ‘क्लिन चिट’को संज्ञा दिएर भ्रम फैलाइएको र सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘कानुनी राज्यमाथिको उपहास हुने गरी अनुसन्धानलाई नै रोक्ने गरी गतिविधि भइरहेको छ ।’ उनले कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले अभियोग लागेपछि अनुसन्धानमा सहयोग गर्नुपर्ने भन्दै त्यसबाट भाग्नु उचित नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले निःसर्त रुपमा अनुसन्धानमा सहयोग गर्नुपर्छ । अभियोग कति गम्भीर छ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताकार्यकर्ताहरुले बुझ्नु भएको छ होला ।’

महासचिव पोखरेलले सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा छटपटी देखिएको बताए । उनले भने, ‘नयाँ सरकार गठन भएको सय दिन नपुग्दै उहाँको छटपटी संसदमा देखिएको थियो । प्रचण्डले संसदमा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक थियो । माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा संसद रोक्ने काम हुनु गलत हो ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij