२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिका हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीव्र

अमेरिका हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीव्र

कोलोराडो । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीव्रताका साथ भइरहेको छ । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो ।

कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति हुने भएको छ ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् ।

साथै त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहने छ । कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न आफूहरु तयारीमा जुटेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा १०० देखि १५० जनासम्म कलाकारहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरु माझ उक्त अवार्ड कार्यक्रम सम्पन्न हुने त्रिवेणी इन्टरटेनमेन्ट यूएसएका नवराज केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij