काठमाडौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ।
बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने गरी “यो वर्षको फेष्टिभ जोन, आर.वी.वी. को इभी लोन” भन्ने नाराका साथ “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको हो।
बैंकले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, “नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। राष्ट्रिय बाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तीको लागि पहल गर्नु पनि यस बैंकको नैतिक दायित्व हो।”
यस चाड पर्व विशेष योजना अन्तर्गत बैककाे ब्याजदरमा सबैभन्दा न्यून, प्रशाेधन शुल्क, अग्रिम भुक्तानी लागत, अधिकतम कर्जा सीमा लगायत विभिन्न सेवा सुबिधामा छुट उल्लेख गरेकाे छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij