२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आफ्ना सांसदलाई उपत्यका नछाड्न कांग्रेसको ह्वीप

आफ्ना सांसदलाई उपत्यका नछाड्न कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका हुन् ।

जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो । सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा नदिए महाभियोगको तयारी गरेका छन् ।

संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ । नेकपा एमालेले यसअघिनै आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij