२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

उपसभामुखले लेखेको पत्रलाई अहिले राजनीतिक ‘बार्गेनिङ’को विषय बनाइएको रास्वपाको आरोप

उपसभामुखले लेखेको पत्रलाई अहिले राजनीतिक ‘बार्गेनिङ’को विषय बनाइएको रास्वपाको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाले १९ महिना अघि लेखेको पत्रलाई अहिले आएर राजनीतिक बार्गेनिङको विषय बनाइएको आरोप लगाएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मनिष झाले ज्ञान नभएर उपसभामुखले लेखेको पत्रको विषयलाई अहिले राजनीतिक बार्गेनिङको विषय बनाइएको आरोप लगाएका हुन् ।

कांग्रेसले उपसभामुखका कारण देशको शिर निहुरिएको भनेकोमा आपत्ति जनाउँदै उनले मान्छेलाई शरणार्थी बनाउँदा देशको शिर झुक्यो कि झुकने भन्दै प्रश्न गरे ।

उनले भने, ‘१९ महिना अघि उपसभामुखले एउटा पत्र लेख्नुभयो । थाहा नभएर हस्ताक्षर गर्नुभयो, गल्ती भयो भनेर विज्ञप्ति पनि प्रकाशित गर्नुभयो । त्यो राजनीतिक चर्चाको रूपमा हुँदैछ, बार्गेनिङ प्वाइन्टको रूपमा । आज कांग्रेसले उपसभामुखका कारण देशको शिर निहुरिएको भनेछ । मान्छेलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन ? मन्त्रीले सरकारी जग्गा हडपेर पैसा नतिर्दा किन झुकेन ?’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij