२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

कोशीका पूर्वमुख्यमन्त्री कार्की आमरण अनसनमा

कोशीका पूर्वमुख्यमन्त्री कार्की आमरण अनसनमा

विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनसन सुरु गरेका छन् । आफू मुख्यमन्त्री हुँदा ल्याएका ‘समाजवादी’ कार्यक्रमलाई बजेटमा समेट्नुपर्ने माग राख्दै कार्कीले मंगलबार अनसन सुरु गरेका हुन् ।

सरकारले प्रदेशसभामा पेस गरेको बजेट गत ८ असारमा पारित भएको थियो । बजेट पास भएको करिब तीन महिना बित्न लाग्दा बजेटमा आफूले ल्याएका कार्यक्रमलाई निरन्तरता नदिइएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनसन सुरु गरेका हुन् ।

कार्कीले आफ्नो माग सरकारले पूरा नगरे भन्दै प्रदेशसभाबाटै अनसन घोषणा गरेका थिए । पूर्वमुख्यमन्त्री कार्कीले मुख्य रूपमा आफू मुख्यमन्त्री भएको बेला घोषणा गरेको १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने मागलाई प्रमुखताका साथ उठाएका छन् ।

यता, बहालवाला मुख्यमन्त्रीको सचिवालयले भने बालबालिकाको उपचारका नाममा निजी अस्पतालमा अन्धाधुन्ध रकम वितरणको विषयलाई मात्र रोकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij