२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सहकारी ठगीमा आफ्नो नाम नजोड्न उपसभापति गुरुङको आग्रह

सहकारी ठगीमा आफ्नो नाम नजोड्न उपसभापति गुरुङको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन् ।

विज्ञप्तिमार्फत उनले यसबारे आफूलाई केही थाहा नभएको बताएका हुन् । श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् ।

गुरुङले श्रीमतीले सहकारीमा काम गरेको तर उनीसँग आफ्नो सम्बन्ध विच्छेद भइसकेकाले नाम जोड्नु गलत भएको बताए ।

उनले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन् । निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतीजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij