२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नदी किनारका २० मिटर जमिन खाली गराउने निर्णयविरुद्ध आन्दोलन गर्न माधव नेपालको निर्देशन

नदी किनारका २० मिटर जमिन खाली गराउने निर्णयविरुद्ध आन्दोलन गर्न माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पतिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि एकीकृत समाजवादीले यस्तो निष्कर्ष निकालेको हो ।

उपत्यकाका पार्टीका नेताहरूको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले पार्टी जनताको पक्षमा उभिने र यसका लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्न निर्देशन दिए ।

एकीकृत समाजवादीले पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij