२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बारामा ६२ हजारभन्दा बढी हेक्टर जमिनमा खेती

बारामा ६२ हजारभन्दा बढी हेक्टर जमिनमा खेती

कलैया । बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताए ।

कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ छ हजार छ सय ८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार एक सय ४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij