२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कुन्दन काफ्लेले कांग्रेस बागमतीको प्रमुख सचेतकबाट दिए राजीनामा

कुन्दन काफ्लेले कांग्रेस बागमतीको प्रमुख सचेतकबाट दिए राजीनामा

काठमाडौँ- नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन्। काफ्लेले संसदीय दलका नेता बहादुर सिंह लामालाई राजीनामा पत्र बुझाएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका काफ्लेले प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र आफ्नो निर्वाचन क्षेत्रमा दिने समय कम भएको कारणले राजीनामा दिएको बताएका छन्। उनी दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु’ उनले भने।

उनले आफू प्रमुख सचेतक हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij