२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर

‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । नायक हरिहर अधिकारीले नयाँ प्रदर्शन मिति कात्तिक ३० गतेलाई तोकिएको जानकारी दिएका हुन् ।

यसअघि असोज ३ गते फिल्मको प्रदर्शन मिति तोकिएको थियो । नायक अधिकारीका अनुसार फिल्मको प्राविधिक काम नसकिएपछि प्रदर्शन मिति हेरफेर गर्नुपरेको हो ।

हाल यस फिल्मको ‘पोष्ट प्रोडक्सन’को काम भारतको मुम्बईमा भइरहेको छ । चर्चित भारतीय कालकारहरुको अभिनय रहने भएकाले यस फिल्म निर्माण चरणको सुरुवातदेखि चर्चामा छ । ब्रह्मनम्दम्, अली, प्रदीप रावत, कविर दुहान सिंह र सुनिल वर्मालगायत भारतीय कालकार यस फिल्मको मुख्य भूमिकामा छन् ।

नेपाली कलकारहरूमा हरिहर अधिकारी र नीता ढुंगानाको शीर्ष भूमिका छ भने प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकार पनि प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij