काठमाडौँ- आज (मंगलबार) सबै प्रदेशमा पानी पर्ने तथा दुईवटा प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला (मंगलबार बिहानं देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ।कर्णाली र बागमती प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा फाटफुट वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति भारी वर्षाको सम्भावना भने छैन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij