२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

हुम्लामा जहाज नउड्दा बालकको मृत्यु भएपछि प्राधिकरणका महानिर्देशकविरुद्ध रिट दर्ता

हुम्लामा जहाज नउड्दा बालकको मृत्यु भएपछि प्राधिकरणका महानिर्देशकविरुद्ध रिट दर्ता

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। प्राधिकरणको निर्णयका कारण हुम्लामा ४ जना नाबालकको मृत्यु भएपछि उनीविरुद्ध रिट दर्ता भएको हो।

आइतबार अधिवक्ता गणेशबहादुर ओलीले अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।

प्राधिकरणले देशका विभिन्न विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहितका विभिन्न निर्णयहरू गरेको थियो।

सोही निर्णयका कारण हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरिएको छ।

सुनारको थप उपचारको लागि अस्पतालबाट रिफर गरेको र प्राधिकरणको निर्णय कार्यान्वयनको क्रममा हवाई सेवा प्रदायकले उडान नगर्दा मुत्यु भएको रिटमा उल्लेख छ।

रिटमा यस्तो निर्णय गर्नुको कारणहरूसमेतको जवाफ माग गरिएको छ। रिटमा भनिएको छ, ‘अकालमा ज्यान गुमाएका नाबालका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नुरगराउनु भनी परमादेश जारी गरिपाउँ।’

रिटको पेशी मंगलबारका लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij