२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राजेश थापाको संगीतमा ‘माया बस्यो संगीनी’

राजेश थापाको संगीतमा ‘माया बस्यो संगीनी’

काठमाडौं । तीजलाई लक्षित गरी गायिका टीका प्रसाईंको स्वरमा ‘माया बस्यो संगीनी’ गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ ।

आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टीका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायाँकन अजय रेग्मी र सम्पादन दिनशन शाहले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij