२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

श्रीमती चढेको गाडी रोकेपछि बालेनको धम्की- सिंहदरबारमा आगो लगाइदिन्छु

श्रीमती चढेको गाडी रोकेपछि बालेनको धम्की- सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर साहले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो। ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोकेको छ भनेर सोधेका थिए। त्यसै झोक उनले सामाजिक सञ्जालमा पोखेका हुन्।

उनले लेखेका छन् ‘आजको लागि केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले केही बेर सरकारी गाडी रोकेको बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij