२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु

बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु

पर्सा : बाघको आक्रमणमबाट ठोरी गाउँपालिका– ५ सुवर्णपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीय कान्छालाल दोङ छन्। घर नजिकको बारीमा उनको शव बुधबार राति करिब ७ बजे फेला परेको थियो।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, बुधबार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि २ वटा गोरु बाँधेका थिए।

दिउँसो करिब २ बजे गोरुको अवस्था हेर्न गएका उनी त्यसपछि फर्केर आएनन्। परिवारजनले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास गरेका थिए। एउटा गोरु भने बाँधेको किला फुत्काएर घरमा आएको थियो।

बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रममा परी घाइते अवस्थामा भेटिएको थियो। त्यहाँबाट करिब ५० मिटरको दुरीमा खाल्डोमा कान्छालालको शव भेटिएको थियो। उनको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङको निशान भेटिएको निरीक्षक राईले बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij